With a wealth of experience partnering the world’s leading banks and financial institutions, and a comprehensive range of services and solutions, TCS is the partner that gets you results: optimized investments, enhanced operational efficiencies, minimized risk and sustained cost leadership

Thursday, 17 November 2011

के नेपालमा जातिय विभाजन आबस्यक छ त

अहिले नेपालमा जुन अधुनिकता अनी नयाँ नेपाल बनाउने नाममा जुन जातिय बिभाजन् नेपालका स्वघोशित नेताहरुले ल्याएका छन त्यही कुर निक्कै गम्भिर छ जस्तो लाग्छ। आज जुन नयाँ नेपाल निर्माणको अभियानमा नेताहरुले जातिय बिभाजनलाई नै मुख्य बिषय बस्तु बनाए अनी गर्दा गर्दा अहिले त जातिय स्वशासन् सहित्को  भुरे टाकुरे गणराज्य को कुरा ल्याएका छन। नेपाल बहु जातिय अनी बहुभाषिक एउटा सानो अनी अबिकसित् राज्य हो अनी अहिलेको नेपाल हुनु भन्दा पहिले यो बिभिद् साना साना जातिय राज्य मै बिभाजित थियो अनी अहिलेका नेता पनि उही पुरानै अवस्थामा नेपाललाई पुराउन खोज्दै छन्। वास्तवमा नेपालको समस्या के हो भन्ने पहिचान गर्नुको साटो अहिले समाजलाई नै बिभाजन् गर्दै नेता बन्ने परिपाटिको  बिकास हुँदै छ।
   नयाँ नेपाल भनेको जातिय बिभाजन् होइन सामाजिक एकता हो  तर अहिले ठीक उल्टो काम हुँदै छ। हरेक नेपालीले समुन्नत, हरेक समुदायको अस्तित्वको रक्षा, समानता मुलक न्ययिक ब्यबस्था  हरेक तल्लो बर्गलाई उचित अबसरको बेबस्था गर्दै एकता अनी शान्ति युक्त्त नेपालको निर्माण गर्नु पर्ने ठाउँमा आज कुन के जाति भन्दै भाबी दिनको लागि अर्को लडाईं अनी आन्दोलनको निम्ता दिदै छन्। जो पुस्तौ देखी नेपाली भुमीमा बसेका छन् तिनीहरुलाई आज जुन घुमुवा जाति कतै बाट भागेर आएको जाति भन्दै जुन बिभाजन् गरिदै छ त्यो अबस्य पनि नेपालको लागि शुभ सन्केत होइन, यस्ले भाबी दिनमा अर्को आन्दोलनको निम्त्ती मार्ग प्रसस्त गर्दछ। अहिले किन चहिएको होला नेपाली नेतालाई जाति अनी अन्य आगन्तुक तथा घुमन्ते जाति म बिभाजन गर्न। के यही जातिय बिभाजन नै अहिलेको अधुनिक नेपालको आधार स्तम्भ हो त। नेपालमा जे जसरी अहिलेको जाति अनी अन्य जातिमा समाजको बिभाजन गरिदै छ के नेताले सोचेका छन यस्ले ल्याउने भाबी परिणाम्। किन अनी के को लागि र के को आधारमा आज कुन जाति आदिबासी अनी कुन यत्तिकै बहिर बाट आएको भनी बिभाजन गरियो के यि नेता ले सप्रमाण जबाफ दिन सक्छन त। हुन त नेपालमा जस्ले जे गर्दा पनि हुने सस्कार बसेको छ अनी यो बिभाजन पनि यत्तिकै होचुवाको  भरमा गरिएको छ। जुन जाति यही भुमीमा खनेर जोतेर, अनी यही भुमीलाई पसिना रगत बगाएका छन तेही जाति आज अन्य जाति  भएको छ। जस्ले यही भुमीको लागि सारा आफ्नो पुस्तौ देखिको रगत र  पसिना  चडायो आज तेही जातिलाई बहिर बनाइएको  छ। के यही हो त न्ययिक जातिय बिभाजन। अनी के यही हो त आजको नेपाली जनताले चाहेको समाजको आधार। हरेक जाति जो नेपाली भुमीलाई आफ्नो जन्मभुमी मान्छन ति हरेक जाति नेपाली आदिबासी हुन। अहिले नेपालमा चहिएको नेपाली सामाजिक एकता हो बिभाजन होइन।
  अहिले त जाति जनजाति भन्ने बहस गर्ने भन्दा पनि सम्पन्न अनी न्ययिक नेपालको निम्त्ती बहस गर्ने समय हो। वास्तवमा नेपालमा जातिय भड्काब अनी जातिय मुक्त्ती भन्दा पनि गारिबि बाट मुक्त्ती को जरुरत छ, जताततै भ्रश्टाचार  अनी अन्याय ब्यप्त छ गारिबि अनी धनी बिचको खाडल निक्कै बडिरहेको छ। तर नेपाली नेता नेपाली जनतालाई जातिय गोल्चक्करमा फसाउदै छन। जो नेपालमा बस्छ अनी नेपालप्रती आफ्नो आमा बराबरको माया गर्छ तेही नेपाली भुमी पुत नेपाली जाति हो अनी तेही नेपाली आदिबासी हो। विश्वमा नेपाल यस्तो अबीकसित देश हो जहाँ गारिबि छ तर भोक छैन अनी बिभिद् जाति छन अनी लडाईं छैन, धेरै भाषा छन तर भाषिक लडाईं छैन। अनी नेपाली जाती आफ्नै स्व धर्म अनी गरीब भए पनि आफ्नै स्वाभिमानमा बाचेको जाती हो। नेपाल सानो अनी कम्जोर अवस्था पनि आफ्नो यही जातिय एकता को गुन ले नै आज विश्वको नक्सामा नेपाल रहेको छ। यहाँ का हरेक जातिको नेपाललाई आफ्नो अस्तित्वमा बाचाउनुको निम्त्ती आ-आफ्नो भूमिका छ अनी ति जाति को हिजो को भूमिका को सम्मान गर्दै नयाँ नेपाली सामाजिक एकताको पहिचान गर्नु पर्ने ठाउँमा अहिले किन जातिय बिभाजन गरिदैछ।
   के क्षेत्रि, ब्रमण, सुद्रहरु के घुमन्ते जाति नै हुन त के यिनी यरु आगन्तुक जाति नै हुन त। के नेपालको ईतिहासमा यिनिहरुको भूमिका केही छैन त के यिनीहरुले यहाँ को बाझो भुमीलाई उर्बर बनएनन त। के यि जातिलाई अन्यमा राख्दा न्यए नै हुन्छ त नेपाली समाजमा।
   के यि जातिहरु यहाँ भर्खरै आएका हुन त, के यिनीहरु बहिर कतै बाट आएको नै हो त के यि जाति नेपालमा जबर जस्ती बसोबास गरेकै हुन त, के यि जातिको राज्य नेपाल होइन। जस्ता गम्भिर प्रश्न को उत्तर दिन अहिलेका बिभाजन कारी नेता तयार छन त यदी यिनीहरुमा हिम्मत भए जबाफ दिन अनुरोध गर्दै, बाँकी बहसको निम्त्ती तयार रहन पनि अनुरोध गर्दछु। यदी यि जातिको नेपाली भुमी आफ्नो होइन भने कहाँ हो त त्यो देखाउनको निम्म्ती समेत् अनुरोध छ। नेपालको धर्मिक ईतिहास हेर्न समेत् अनुरोध गर्दछु। किन कि यि जाति त २० बर्षाको शाह बंग्शीय राजातन्त्रको  ईतिहास बाट आएको होइन अनी यि जातिको ईतिहास मात्र २७० बर्षाको मान्नु अबुझ अनी मुर्ख नेताको पागल पन हो। यि जातिको ईतिहास केवल ८-१० पुस्ता को होइन यि जाति त नेपालका भुमी पुतहरु हुन अनी यिनीहरु को ईतिहास अहिले को छोटो सोचाइ अनी आबेगको भरमा निर्धारणा गर्नु पनि यि नेताको केटौले पन हो । from dcnepal


No comments:

Post a Comment